श्रृजनशील लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन

१९ भाद्र २०७९, आईतवार १०:०१

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा शुक्रवार नै मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परिसकेको छ।

कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सक्ने छन् ।

हाल कम्पनीमा संस्थापकहरूबाट चुक्ता भएको पूँजी ७ करोड रुपैयाँ रहेको छ । कर्मचारी समेत सर्वसाधारणमा आईपीओ विक्री तथा बाँडफाँट पश्चाथ कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*