हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१९ भाद्र २०७९, आईतवार १०:११

काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने समय भदौ २९ गतेसम्म थप भएको छ ।

बैंकले लिमिटेडले भदौ १५ गतेदेखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो। बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन गरको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको छ ।

उक्त ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी बाँकी ६० प्रतिशत अर्थात् १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई केयरएनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ । सो ऋणपत्रको अवधि सात वर्ष रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*