सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप

१९ भाद्र २०७९, आईतवार १०:५८

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपब बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।

कम्पनीले १०० अंकित दरमा कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र रसुवाको आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङ तथा सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन पाउनेछन्।

यस आईपीओको सहनिष्कासनकर्तामा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*