नेप्सेको बोर्डको बैठकद्धारा शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय
१९ भाद्र २०७९, आईतवार १३:१५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले असोजको पहिलो सातादेखि शुक्रबार कारोबार बन्द गर्ने भएको छ। नेप्सेको आज बसेको संचालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
असोज महिनाको पहिलो शुक्रबार देखि नै सेयर कारोबार बन्द गर्ने नेप्सेले जनाएको छ । सरकारले आईतबारको बिदा समेत खारेज गरेसंगै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गरेका थिए । नेपाल धितोपत्र बोर्डले एक कार्यक्रमकाबीच शुक्रबार कारोबार बन्द गर्ने घोषणा गरिसकेका छन् ।