बाणिज्य बैंकको नयाँ लाइसेन्स खुलाउन लागिएको हो ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले किन दिए यस्तो अभिव्यक्ति ?

१९ भाद्र २०७९, आईतवार १४:२९

काठमाडौं । घुस सेटिङमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागेको सरकारले घुस सेटिङमै अर्को स्टक एक्सचेन्ज खोल्न लागेकोछ । यसैबीच, घुस सेटिङमा नयाँ बाणिज्य बैंकको समेत लाइसेन्स खोल्न लागेको तथ्य सार्वजनिक भएको छ ।

शनिबार नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले कुनै पनि कुराको लाइसेन्सिङमार्फत एकाधिकारका कारण देश गम्भिर समस्यामा परेको धारणा व्यक्त गरेका छन् । लाइसेन्सिङमार्फत देशलाई अघि बढ्न रोकिएको आशय उनले व्यक्त गरेका छन् ।

प्रम पत्नी आरजु राणासँगको सेटिङमा जस्तोसुकै राष्ट्रघाती काम गर्न पछि नपर्ने पौडेलकै योजनामा यतिबेला दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला गर्ने तयारी भइरहेको चर्चा छ । देशको समग्र अर्थतन्त्र र देश विकासको रणनीतिक योजना बनाउने निकायका उपाध्यक्षको सो भनाई पछाडि बैंकको लाइसेन्स खोल्न नपाएको भन्दै आक्रोस व्यक्त गर्नुले सरकार बाणिज्य बैंकको नयाँ लाइसेन्स खुल्ला गर्ने अभियानमा रहेको प्रष्ट भएको छ । उनले सो कार्यक्रममा भने,‘आजको मुख्य समस्या भनेको नै लाइसेन्सिङको सिण्डिकेट हो । आज एउटा बैंक थप्नुपर्यो भने किन यत्रो हल्ला हुन्छ ?’ उनले सीमित लाइसेन्सिङका कारण देश विकास नभएको आरोप लगाउँदै भने, ‘सबै रोकिएको छ । लाइसेन्स खोल्ने वित्तिकै कति पैसा खाएर गर्न लाग्यो भनेर हल्ला आउँछ । यो लाइसेन्स राजको औपचारिक रुपमा अन्त्य हुनुपर्दछ ।’

उपाध्यक्ष पौडेलले अमेरिकामा एटी एण्ड टी नामक मोबाइल कम्पनीलाई त्यहाँको सरकारले टुक्रा टुक्रा पारेको स्मरण गराउँदै भने लाइसेन्सको आधारमा शासन गर्ने प्रद्धति गलत भएको अभिव्यक्ति दिएका छन् । उनले सो अभिव्यक्तिको क्रममा बैंकको लाइसेन्स खोल्नै नसक्ने अवस्था रहेको भन्दै लाइसेन्सिङ पद्धतिको आलोचना गरेका छन् । प्रधानमन्त्री पत्नी आरजु राणाको लागि रकम संकलनको मुख्य जिम्मेवारीमा रहेका उनै उपाध्यक्ष पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई समेत बद्नाम हुने गरी दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला गर्न नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रमेश हमालसँग मिलेर काम गरिरहेका छन् । दुई जनाको समुहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स साहिल एण्ड सुलभ अग्रवाल तथा दीपक भट्टको टिमलाई दिन हात धोएर लागि परेका छन् । आफू प्रत्यक्ष रुपमा संलग्न भई भ्रष्टाचार नगर्ने तर अर्थमन्त्रालयको चेन अफ कमाण्डमा घुसपैठ गरेर भ्रष्टाचारजन्य काम गरेर अर्थमन्त्री जनार्दन शर्मालाई समेत विवादमा पार्दै आएका पौडेलको नयाँ अभिव्यक्तिसँगै बैंकिङ क्षेत्रमा तरंग पैदा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*