शेयरबजारमा सामान्य सुधार, नौ उपसूचकमा हरियाली छाएपनि कारोबार एक अर्बमा सीमित
१९ भाद्र २०७९, आईतवार १५:१४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार भएको छ । पछिल्लो केही दिनयता शेयरबजारमा खासै कारोबारमा उत्साह देखिएको छैन ।
त्यस्तै, आज नेप्सेमा रहेका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूह घटेको छ भने अन्य समूहमा हरियाली छाएको छ । सर्वाधिक निर्जिवन बीमा समूहको १.८५ अंकले बढ्न पुगेको छ ।