सेन्चुरी बैंकका २०० जना कर्मचारीको बढुवा

काठमाडौं । सेन्चुरी बैंकमा कार्यरत २०० जना कर्मचारीको बढुवा गरिएको छ । सेन्चुरी बैंकले गत साता मात्रै कर्र्मचारीहरुको बढुवा गर्ने निर्र्णय गरेको हो ।
बैंकले योग्यता पुगेका, बढुवा नगरी नहुनेहरुलाई मात्रै बढुवा गरिएको जनाएको छ । योग्यता, कार्यक्षमता र लामो समयसम्म एउटै पदमा रहेर काम गरिसकेकाहरुलाई बैंकले बढुवा गरेको बैंक स्रोतले जनाएको छ । सेन्चुरी बैंक र प्रभु बैंक प्राप्ति विधि अनुसार मर्जरमा जाने सम्झौता गरिसकेका छन् ।
यसअघि प्रभु बैंकमा १००० जना कर्मचारीहरुको बढुवा रद्द गर्ने निर्णय गरिएको थियो । प्रभु बैंकमा व्यक्तिगत सम्बन्धको आधारमा, पहुँच र पावरको भरमा बढुवा गरिएको थियो भने सेन्चुरी बैंकमा कार्यक्षमता, व्यवसाय लक्ष्य पछ्याएका तथा बढुवा गर्नैपर्ने अवस्थामा रहेका २०० जनाको बढुवा गरिएको हो ।
दुवै बैंकले हिजो केन्द्रीय बैंकबाट मर्जर अनुमति पाइसकेका छन् ।