आरम्भ चौतारी लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
२० भाद्र २०७९, सोमबार १०:५१

काठमाडौं । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले सहायक महाप्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, विभागिय प्रमुख, अनुुगमन अधिकृत, कनिष्ट अधिकृत र सुपरभाईजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदहरुको लागि प्लस टुु देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाइट https://www.aarambhachautari.com/ मार्फत आवेदन दिन सक्नेछन् ।