सिद्धार्थ बैंकद्धारा सि–आस्वा सेवा निःशुल्क गर्ने निर्णय

२० भाद्र २०७९, सोमबार ११:०६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आइपीओ भर्दा सि–आस्वा शुल्क नलिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सि–आस्वा सेवा निःशुल्क गरिदिएको हो ।

सो अनुसार अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आइपीओ भर्दा सि–आस्वा सेवा तिर्नु पर्ने छैन । यो सँगै अब सि–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको सेवा ७ पुगेको छ ।

नेपाल धितोपत्र बोर्डले गत भदौ ५ गतदेखि लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुले सि–आस्वा सेवा प्रदान गरेवापत अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । बैंकहरुले यसअघि अधिकतम १०० रुपैयाँसम्म आस्वा शुल्क लिने गर्दथ्यो । बोर्डले लगानीकर्ताको मागलाई सम्बोधन गर्दै अधिकतम ५ रुपैयाँसम्म सी–आस्वा शुल्क लिन पाउने व्यवस्था गरेसँगै बैंकहरुले भटाभट यस्तो सेवा निःशुल्क गर्न थालेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*