सातवटा बैंकद्धारा सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा, कुन–कुन बैंकबाट आइपीओ भर्दा चार्ज लाग्दैन ?

काठमाडौं । हालसम्म ७ वटा वाणिज्य बैंकहरुले सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डले भदौ ५ गतदेखि लागूहुनेगरी बैंकहरुले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेसँगै बैंकहरुले धमाधम सी–आस्वा सेवा निःशुल्क गर्न थालेका हुन् ।
यसअघि बैंकहरुले सी–आस्वा सेवा स्वरुप न्यूनतम १० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । अब ७ वटा बैंकहरुका ग्राहकले आइपीओ लगायत सार्वजनिक धितोपत्र निष्काशनमा आवेदन दिदा सी–आस्वा शुल्क तिर्नुपर्ने छैन भने बाँकी बैंकहरुले सी–आस्वा सेवास्वरुप अधिकतम ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्नेछ ।
हालसम्म नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले सी–आस्वा सेवा निःशुल्क गरेको छ ।