सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

२० भाद्र २०७९, सोमबार ११:३९

काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको पचास हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

साथै तोएिको अवधिभित्र शेयरधनीबाट कुनै पनि बोलपत्र प्राप्त नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*