यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक बन्द हुनेबेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । आज जम्मा ९० करोड ९९ लाख रुपैयाँमाथि कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर ९ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख, नबिल बैंकको ४ करोड ५६ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख र नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।