सामान्य अंकले घट्यो नेप्से, लगानीकर्ताको उत्साह घट्दा ९० करोडको मात्रै कारोबार

२० भाद्र २०७९, सोमबार १५:१४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको भए पनि कारोबार रकम भने ह्वात्तै घट्न पुगेको छ ।

शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक बढेपनि कारोबार बन्द हुने बेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । आज सूचीकृत २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच हुँदा जम्मा ९० करोड ९९ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स सूचक चम्किएका छन् भने अन्य सबै सूचक राताम्य छन् । सर्वाधिक अन्य समूहको १.०४ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*