राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गर्ने
२० भाद्र २०७९, सोमबार १६:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गराउने भएको छ। परामर्शदाताबाट राष्ट्र बैंकले सहुलियतमा गएको कर्जाको प्रभावकारिता अध्ययन गराउने भएको छ। जसको लागि राष्ट्र बैंकले परामर्शदातालाई आव्हान गरेको छ।
राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो। ब्याजदरमा तथा ऋणमा दिइने यस्तो सहुलियतको प्रभावकारितामा प्रश्न उठ्दै आएको छ। सरकारले दिने सहुलियतको पहुँच, प्रभावकारितामै प्रश्न उठ्दै आएको छ।