वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

२० भाद्र २०७९, सोमबार १८:३०

भदौको तेस्रो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। एक साताको अन्तरालमा वाणिज्य बैंकहरुले ११.३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।भदौ १७ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ। जुन अघिल्लो साताको अन्त्यअर्थात् भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित थियो।

बैंकहरुमा स्वदेशी मुद्राको निक्षेप ८ अर्ब ८० करोड रुपैयाँ बढेको छ। यस्तै, एक अर्ब ९१ करोड रुपैयाँले विदेशी मुद्राको निक्षेप बढेको हो।निक्षेपको अनुपातमा कर्जा परिचालन निकै कम छ। भदौ तेस्रो सातासम्म बैंकहरुले ४१ खर्ब ८१ अर्ब रुपैयाँ ऋण दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*