राष्ट्र बैंकद्धारा सुपर लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलार्य समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको छ । लघुवित्तमा संचालकसहित अन्य कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी ठूलो रकम अनियमितता गरेको भन्दै केन्द्रीय बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त ठहर गरेको हो ।
तुलसीपुर दाङका केन्द्रीय कार्यालय रहेको सो संस्थामा गत वर्ष असोज मसान्तसको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा संचालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएकोले केन्द्रीय बैंकले कारबाहीको कदम चालेको हो ।
साथै निरीक्षणको क्रममा प्राथमिक पुँजी कोष अनुपात समेत १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थाालाई गत चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारको काराबाही सम्बन्धी विनियमावली, २ं७४ को विनिमय ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐनअनुसार समस्याग्रस्त घोषणा गरिएको हो ।
साथै राष्ट्र बैंकको ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टिकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा विद्यमान नदेखिएको कारण केन्द्रीय बैंकले उक्त लघुवित्त संस्थालाई समस्याग्रस्त घोष्णा गरेको हो ।