लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

२२ भाद्र २०७९, बुधबार १०:४९

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार कित्ता र गणेश राज रेग्मीको ११ हजार ४ सय ७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

साथै तोएिको अवधिभित्र शेयरधनीबाट कुनै पनि बोलपत्र प्राप्त नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*