प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता

२२ भाद्र २०७९, बुधबार १३:४०

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्राइभेट लिमिटेडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र बाबा फुड्सबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बाबा फुड्सद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौताअन्तर्गत बाबा फुड्समा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा बाबा फुड्सका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*