प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२४ भाद्र २०७९, शुक्रबार १३:१७

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२ र श्रवण कुमार अग्रवाको नाममा रहकेो ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले सुचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको सो अवधिमा शेयर खरिदका लागि संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*