नेपाल एसबिआई बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम सम्पन

काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरियामा वडा नम्वर ७ मा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको छ ।
बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखी गर्दै आइरहेको छ । बैंकले लिएको यस्तो पहलबाट विपन्न परिवारमा सरकारले शिक्षा क्षेत्रमा लिएका विद्यार्थी भर्ना र विद्यार्थीले स्कुल नछोड्ने कार्यक्रममा सघाउ पूग्ने विश्वास लिएको छ ।
नेपाल एसबिआई बैंकका प्रदेश कार्यालयका प्रमूख लेखनाथ पोख्रेलले विद्यार्थिहरुलाई झोला वितरण गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित अभिभावकहरु बचत, लघू कर्जा, बैक खातामार्फत विप्रेषण, सहुलियत कर्जा सम्बन्धि वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बैकका मिर्चैया शाखा प्रवन्धक सन्दीप उपाध्याय तथा बैकका अन्य कर्मचारी र सोहि वडाका वडा अध्यक्ष राम दयाल ठाकूर लगायत सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजू रैका मगर तथा विद्यालयका विद्यार्थीका अभिभावकहरुको उपस्थीती रहेको थियो ।