दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?

२५ भाद्र २०७९, शनिबार १९:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर खोल्नका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा आरक्षण दिने व्यवस्था कार्यान्वयन गर्न बाटो खुलेको छ ।

बोडर्का अनुसार उक्त नियमावली यथाशिघ्र कार्यान्वयमा आउने छन् । त्यसका लागि आइतबारबाट नै आवश्यक कार्य शुरु हुने तयारी भईरहेको छ । पुराना ब्रोकरको हकमा भने पुँजीवृद्धिको लागि दु्ई बर्षसमय अवधि थप गर्ने तयारी भईरहेको जनाएको छ।

मन्त्रिपरिषदले उक्त नियमावली पास गरेसँगै नयाँ ब्रोकर खोल्नका लागि बाटो खुलेको छ । बोर्डले दशैंअघि नै आवेदन खुला हुने तयारी गरिरहेको जनाएको छ।

यस व्यवस्था अनुसार रोजगारीका लागि विदेशमा रहेका नेपालीले पनि अब केही समयमा नै आरक्षण स्वरुप आईपीओमा आवेदन दिन पाउने भएका छन् ।
निश्चित मापदण्डका आधारमा विदेशमा रहेर बैंकिङ प्रणालीबाट विप्रेषण पठाउने नागरिकले आरक्षणमा पाउने आइपीओमा आवेदन दिन पाउने छन् । त्यसका लागि बोर्डले मापदण्ड तय गर्ने छ । यसले नेपालमा विप्रेषण बढ्ने बोर्ड अध्यक्ष हमालको भनाइ छ । यसका लागि आवश्यक काम आइतबारबाट नै हुनेछ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तत्काल कार्यान्वयनमा जाने उनको तर्क छ । यस्तै मन्त्रिपरिषदले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ संसोधन पारित गरेसँगै ब्रोकरको संख्या थपिने भएको छ ।ब्रोकरको काम गर्नका लागि न्यूनतम १५ करोड, डिपी सेवा दिन र मार्जिन कारोबार सञ्चालन गर्न न्यूनतम ५० करोड र धितोपत्र व्यापारीको काम गर्नका लागि न्यूनतम १ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । बोर्डले स्वीकृत नयाँ व्यवस्था अनुसार नै ब्रोकरका लागि आवेदन खुला गर्ने भएको छ ।

मन्त्रिरिषदले स्वीकृत गरेको नियमावलीमा ब्रोकर खोल्न चाहने कम्पनीले आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेञ्जमा आवेदन दिनुपर्ने छ । तोकिएको मापदण्ड पुरा गरेका कम्पनीले नयाँ ब्रोकर खोल्न अनुमति पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*