नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

२६ भाद्र २०७९, आईतवार १०:५८

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले गत साउन १ गतेदेखि एक वर्षको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो पश्चात् संस्थाको शेयर दाखिला, नामसारी लगायत सम्पूर्ण शेयर सम्बन्धि कार्य अब आरविवि मर्चेन्टले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*