श्रृजनशील लघुवित्तको आइपीओ भोली बिहान बाँडफाँड हुदै, शेयर पाउन भाग्य कै भर

२६ भाद्र २०७९, आईतवार ११:३८

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर भोली बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी गरेको हो ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको बिक्रि प्रबन्धकका अनुसार ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*