नेशनल माइक्रोफाइनान्स लघुवित्त र इसेवाबीच सम्झौता, अनलाइनबाटै किस्ता तिर्न सकिने

२६ भाद्र २०७९, आईतवार १२:१८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । लघुवित्तमा आबद्ध सदस्यहरुलाई थप सेवा प्रदान गर्ने हेतुले संस्था र इसेवाबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार अब नेशनल माइक्रोफाइनान्सका सदस्यहरुले मासिक तिर्ने किस्ता अब इसेवामार्फत नै भुक्तानी गर्न सक्नेछन् । सदस्यहरुको वित्तीय साक्षरतालाई मध्यनजर गर्दै डिजिटलाईजेशनमा जोड दिनका लागि संस्थाले इसेवासँग सहकार्य गरेको हो ।

उक्त सम्झौताले लघुवित्तका ग्राहक तथा सदस्यहरुलाई घरमै बसेर किस्ता तिर्न सहज हुने र वित्तीय साक्षरतासँगै डिजिटलाइजेशमा समेत सदस्यहरु अग्रसर हुने संस्थाले विश्वास लिएको छ ।

शुक्रबार भएको उक्त सम्झौतापत्रमा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम बहादुर यादव र इसेवाको तर्फबाट एक प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*