श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ३६ हजार बढीले शेयर पाउदा १३ सय बढीको आवेदन रद्द

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँड भएको हो ।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।
बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।
लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर हात पारेका छन् । भने साढे १८ लाख ५७७ आवेदकको हात खाली भएको छ।
आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदकले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १८ लाख ३७ हजार ४३६ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५७ हजार ६१० कित्ता सदर भएको छ भने १ हजार ३१५ आवेदकबाट परेको १५ हजार ७० कित्ता बदर भएको छ ।