हिमालयन बैंक र सिभिल बैंकको डिडिए अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

२७ भाद्र २०७९, सोमबार १०:५८

काठमाडौं । प्रारम्भिक मर्जर सकेर मर्जर अन्तिम प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता बसेको सञ्चालक समितिले दुुवै बैंकको मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको थियो।

गत असार २९ मा हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। सम्झौताअनुुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता सेयर पाउनेछन् भने मर्जरपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ।

त्यस्तै बैंकको संचालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन्। बैंकको प्रमुुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिलकुमार पोखरेल रहनेछन्।हाल हिमालयनको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ। यी दुई बैंकको डिडिए आगामी साता टुगिने काँटछाँट देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*