राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा नियुक्त

२७ भाद्र २०७९, सोमबार १४:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन भएका छन् । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उनी उपाध्यक्षमा चयन भएका हुन् ।

गभर्नर अधिकारी अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एफआई) र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन २०२२ सेप्टेम्बर ५–८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पोलिसी फोरम’ २०२२’ मा सहभागी भएका थिए ।

सो कार्यक्रमका अवसरमा गभर्नर अधिकारीले सेप्टेम्बर ५ मा एएफआईको बोर्ड अफ डाइरेक्टर्स मिटिङ, सेप्टेम्बर ६ मा एएफआई को वार्षिक बैठक, एएफआई लिडर्स, पब्लिक–प्राइभेट डाइलग (पीपीडी)मा राउण्डटेबल, सेप्टेम्बर ७मा २०२२ एएफआई जीपीएफ को सुभारम्भ समारोह, प्लेनरी सेसन, टेक्निकल ब्रेकआउट्स लगायतका कार्यक्रममा सहभागी भए ।

साथै सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक सुभारम्भ समेत भएको छ । सो समारोहमा एएफआईमा आबद्ध केन्द्रीय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । माल्दिभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गनर्भर महाप्रसाद अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएका छन् । समारोहमा माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षको हैयसियतमा उद्घाटन मन्ब्य राखेका थिए ।

सार्फीको औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६मा आयोजित समारोहमा माल्दीभ्स मनिटरी अथोरिटी र नेपाल राष्ट्र बैंकका गभर्नर, टेस्ट बैंक अफ पाकिस्तान र बंगलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिङले सार्फी चार्टरमा हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा बंगलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधीको समेत उपस्थिति रहेको थियो । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रबद्र्धनका लागि नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरुप सार्फीको शुभारम्भ भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*