विदेशमा गएका श्रमीकले १० प्रतिशत आइपीओ पाउने व्यवस्था कार्यान्वयनमा, कसरी दिने आवेदन ?
काठमाडौं । आइपीओ निष्काशन गर्दा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । त्यस्तै रेमिट्यान्स खाताबाट मात्रै आइपीओको रकम भुक्तानी गर्न पाउने नयाँ व्यवस्था गरिएको बोर्डको नयाँ नियमावली मार्फत यस्तो जनाएको छ ।
धितोपत्र बोर्डले सोमबार धितोपत्र दर्ता तथा निष्काशन (छौठौं संशोधन) नियमावली, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आइपीओ भर्नका लागि वैदेशिक रोजगारीमा गएका नेपालीले धितोपत्र बोर्डबाट धितोपत्र खरिद र दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रेमिटेन्स बचत खाता खोल्नुपर्ने छ ।
अनि, मात्र कामदारले आइपीओ भर्न पाउनेछन् । तर यसरी छुट्याइएको सेयर बिक्री नभएमा भने उक्त सेयर सर्वसाधारणका लागि बिक्री गर्न सकिने नियमावलीमा व्यवस्था गरिएको छ ।
fyppp