कृषि विकास बैंकमा चार करोड घोटाला गर्ने सैनिक जर्नेललाई जेल सजाय, जर्नेलका गर्लफ्रेण्डलाई आठ वर्ष कैद

२८ भाद्र २०७९, मंगलवार १९:३५

काठमाडौंं । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन हुँदै जाँदा सैनिक पूर्व सैनिक जर्नेल बिष्ट र उनकी गर्लफ्रेन्ड कृषि विकास बैंककै कर्मचारी दीपिका रेग्मीलाई विशेष अदालतले कैद सजाय सुनाएको हो ।

कृषि विकास बैंकको घोटाला काण्डमा पूर्वसहायक रथी रमेशराज विष्टलाई चार वर्ष कैद सजाय सुनाएको हो । साथै पूर्वसहायक रथी रमेशराज विष्टका प्रेमिका एवं बैंककौ कर्मचारी दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले यही भदौं २७ गते सोमबार उनीहरुलाई उक्त सजाय सुनाएको हो ।

त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ २७ गते दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । त्यस्तै, घटनामा संलग्न भनिएका बाँकी ६ जना आरोपितले भने सफाइ पाएका छन् । सफाई पाउनेहरु प्रेमहरि ढुंगेल, गोपाल गिरी, सलिल रेग्मी, तारानाथ पाण्डे, प्रकाश घतानी र महेश्वर मरहठ्ठा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल पुस २९ गते दर्ता गरेको मुद्दा हिजो अन्तिम फैसला सुनाएको हो । अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् । विशेषले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना पनि तोकेको छ । विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको विशेष अदालतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*