मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, उत्कृष्ट तीन महिला समुह सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैक लिमिटेडको गिरुवारी शाखाले नवलपरासी हुप्सेकोट गाउँपालिका-३ गिरुवारीमा केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको गिरुवारी शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका-३, गिरुवारीमा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिहँ रानाले मुक्तिनाथ विकास बैकले गाउँ-गाउँमा र बजार क्षेत्र गरी सो गाउँपालिका तथा समेटियका क्षेत्रमा वित्तीय भूमिका निर्वाह गरी छिटो छरितो सेवा प्रदान गरेको बताए ।
अहिलेको अवस्थामा कर्जा लिदा उत्पादकमुलक क्षेत्र भनी कर्जा लिए पनि अनुउत्पादक क्षेत्रमा लगानी गर्दा समस्या बढेको उपाध्यक्ष रानाले बताए । सो कार्यक्रममा मुक्तिनाथ विकास बैक केन्द्रीय कार्यालयका ए.सी भि.सी प्रमुख तेज गिरी र नारायणगढ शाखाकी अनुगमन अधिकृत निर्मला लामिछानेले बित्तीय साक्षरता बारे जानकारी गराउदै कार्यक्रमको सहजिकरण गरेका थिए ।
साथै कार्यक्रमको अवसरमा मुक्तिनाथ कृषि कम्पनीका अनोज अधिकारीले कृषी कम्पनीले गर्दै आएका कार्यहरु र भावि योजनाबारे प्रकाश पार्दै कृषकलाई कम्पनीसंग जोड्न सकिने आधार बारे बताए । वित्तिय साक्षरता तथा केन्द्र गोष्ठी कार्यक्रममा उष्कृट तीन महिला समुह र उष्कृट बचतकर्ता र सफल ब्यवसायीलाई सम्मान गरी पुस्कृत गरीएको थियो ।
सभापति चन्द्रकला भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ६० जना महिलाको सहभागीता रहेको थियो । साथै सो कार्यक्रम बैंकका कर्मचारी शोभाकान्त पौडेलले संचालन तथा शाखा प्रमुख ढुण्डराज पौडेलले स्वागत मन्तब्य र डेस्क प्रमुख नवराज पौडेलले लघु बैंकिङ सेवाबारे प्रकाश पारेका थिए ।