शेयरबजारको उकालो यात्रा, नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता लगातार घटेको पुँजीबजारमा आज एकाएक सुधार देखिएको छ ।
दुईदिनयता शेयरबजारमा रौनकता छाएको छ । अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक बढेसँगै लगानीकर्ताहरुमा फेरी उत्साह थपिन पुगेको छ । यसैका वाबजुत पनि आज कारोबार रकम पनि बढेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँको कारोबार भएको छ । तीनचार दिनयता अर्बबाट करोडमा झरेको कारोबार रकम आज नेप्से परिसूचक सँगै फेरी अर्ब क्लबमा उक्लिएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक फाइनान्स सूचक ५.९३ प्रीतशत र व्यापार सूचक ५.७५ प्रतिशतले बढेको छ ।
करोड ३४ लाख, अपि पावगरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।