लक्ष्मी बैंकमा झुम्मिए लगानीकर्ता, दुई अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
३० भाद्र २०७९, बिहीबार १५:०९

काठमाडौं । बिहिबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन ४७ अंकले बढेको शेयरबजार आज उल्टिएको छ ।
नेप्से परिसूचक ५७ अंकले घटेर १९२४ विन्दुमा कायम भएको छ । आज शेयरबजार घटेपनि कारोबार रकम भने सुधार देखिएको छ । केही दिनयता करोडमा झरेको कारोबार आज २ अर्बमाथि पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक लक्ष्मी बैंक लिमिटेडको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख, अपि पावरको ७ करोड ३५ लाख, एनटिसीको ६ करोड ६८ लाख, हिमालय डिस्टिलरीको ५ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।