बैंकको ब्याजदर बढ्ने भएसँगै शेयरबजारमा उच्च अंकको गिरावट, कारोबार उकालो लाग्यो

३० भाद्र २०७९, बिहीबार १५:२१

काठमाडौं । बुधबार एकाएक ४७ अंकले सुधार देखिएको शेयरबजार आज उल्टिएको छ । केही समययता लगातार बढेको शेयरबजारमा बुधबार ४१ अंकको बढोत्तरी भई हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको थियो ।

तर लगानीकर्ताको उत्साह आजको मार्केट डेप्थअनुसार टिक्न सकेन । आज नेप्से परिसूचक ५७ अंकले घटेर १९२४ विन्दुमा पुगेको छ । नेपाल बैंकर्स संघको आज बसेको कार्यसमितिको बैठकले राष्ट्र बैंकको निर्देशनमा रही बैंकहरुले आफुखुशि ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेसँगै शेयरबजार प्रभावित बन्न पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोडमाथिको कारोबार भएको छ । नेप्से घटेपनि आज कारोबारमा भने केही सुधार देखिएको छ । केही दिनयता करोडमा झरेको कारोबार रकम आज दुई अर्बमाथि पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य छन् । अघिल्लो दिन हरियाली छाएको सबै सूचक आज घट्न पुगेको हो । सर्वाधिक फाइनान्स सूचकको ५.२४ प्रीतशत र विकास बैंक सूचकको ४.६५ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*