यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
३१ भाद्र २०७९, शुक्रबार १३:०६

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम समेत ह्वात्तै घटेको छ । बिहिबार २ अर्बमाथिको कारोबार भएकोमा आज फेरी कारोबार रकम करोडमा झरेको छ ।
९० करोडमाथिको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक रिडी हाइड्रोपावरको ४ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ३ करोड २ लाख, नबिल बैंकको ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८४ लाख र अपि पावरको २ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।