अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने, शुक्रबार नहुने
३१ भाद्र २०७९, शुक्रबार १५:०१

काठमाडौं । अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने भएको छ। बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको हो ।
सरकारले यसअघि सार्वजनिक बिदा हेरफेर गरेपछि नेप्सेको समयअवधि बढाएको थियो । हाल पुरानै सार्वजनिक छुटि भएको हुँदा पुरानै व्यवस्थामा फर्किन लागिएको नेप्सेले जनाएको छ ।