शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?
२ आश्विन २०७९, आईतवार १५:०७

काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज १३ कम्पनीको शेयर मात्रै सुधार देखिएको छ। बैंकको ब्याजदर बढेको प्रवाह दोस्रो बजारमा प्रत्यक्ष देखिएको छ। साताको पहिलो कारोबारको दिन ग्लोबल आइएमई स्किम १ को ईकाइमूल्य ५।३५ प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल ल्युब, लक्ष्मी बैंक, आदर्श लघुवित्त, एनआईसी एशिया ब्यालेन्स फण्ड, विन नेपाल लघुवित्त, शिव श्री हाईड्रोपावर, सानिमा लार्ज म्याप फण्ड, प्राईम बैंकको डिबेञ्चर ०८८ र मानुषि लघुवित्तको शेयर मूल्यमा सुधार देखिएको छ ।