यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२ आश्विन २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक ३५।२५ अंकले घटेर १८७५।१२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै बलेफि हाइड्रोपावरको ७।८५ प्रतिशतले सर्वाधिक गुमाएको छ ।
त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ७।३०, दोर्दी खोला जल विद्युतको ७।२३, माउन्टेन हाइड्रो नेपालको ६।५८ र युनाइटेड आइडिआई आर बी हाइड्रोपावरको ६।२५ प्रतिशतले शेयर मुल्य घटेको छ ।