२२ प्रतिशत लाभांश वितरणका लागि सानिमा इक्वीटी फण्डले तोक्यो बुकक्लोजको मिति
२ आश्विन २०७९, आईतवार १६:४८

काठमाडौं । सानिमा इक्वीटी फण्डको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजको मिति तय भएको छ । सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले बुकक्लोजको मिति तोकेको हो ।
फण्डले आर्थिक वर्ष २०७८।७९ को लागि योजनाका इकाईधनीहरुलाई २२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्नका लागि यहि असोज ९ गते एक दिन बुकक्लोजको मिति तोकेको छ ।
यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्रै फण्डको प्रस्तावित लाभांश पाउनेछन् ।