सिक्लेस हाइड्रोपावरको आइपीओमा साढे १५ लाखको आवेदन

२ आश्विन २०७९, आईतवार १७:४१

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाख ४० हजार जनाको आवेदन परेको छ । अन्तिम दिनसम्म कम्पनीको आइपीओमा एक करोड ७३ लाख कित्ताका लागि एक अर्ब ७३ करोड रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ ।

बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*