एचआइडीसीएलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडीसीएल को २ करोड ३२ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ० अन्तिम दिन हो कम्पनीले भदौ २० गतेबाट २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि कम्पनीले तेस्रो पटकसम्म लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याउनुपरेको हो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ ।
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।