आशा लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रि खुल्ला, कति दिने आवेदन?

काठमाडौं । आशा लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रि खुल्ला भएको छ । लघुवित्तको आजदेखि ३ लाख कित्ता संस्थापक शेयर विक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रु। ३९५ तोकेको छ । लगानीकर्ताले रु। ३९५ लाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक शेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त शेयरमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।
यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी शयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।