यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
४ आश्विन २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा भारि गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै शेयरबजार प्रभावित बन्न पुगेको छ ।
आज नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा उच्च गिरावट आएसँगै शेयरबजारमा आज १ अर्ब २२ अर्बमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको ५ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ७३ लाख, अरुण काबेली पावरको ३ करोड २६ लाख र अपि पावरको ३ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।