दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी, सातदिनभित्र विवरण पठाउन निर्देशन

४ आश्विन २०७९, मंगलवार १५:५२

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भदौ ३१ गते मन्त्रालयलाई पत्र पठाउँदै नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा ७ दिन भित्र समितिमा आइपुग्ने गरी विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।

दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र स्टक ब्रोकर एसोसिएसन अफ नेपाालले यस सम्बन्धि कार्य स्थगित गर्न आवश्यक कारवाही अगाडी बढाई पाउँ भनी समितिमा निवेदन दिएको पत्रमा उल्लेख छ ।

नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान संचालन कसरी गर्ने भन्ने दिर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडी मुद्रा बजार र पुँजी बजार सम्बन्धि समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए/नभएको सम्बन्धमा समितिमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको पत्रमा उल्लेख छ ।

पत्रमा ‘तर तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारवाही सम्बन्धि विस्तत विवरण ७ दिन भित्र समितिमा आइपरने गरी उपलब्ध गराई समितिको काम कारवाहीमा सहयोग पुर्याउन हन निर्देशानुसार अनुरोध छ ।साथै प्राप्त निवेदनका प्रति समेत यसै साथ संलग्न गरिएको व्यहोरा समेत अनुरोध छ ।’ समितिले यसको बोधार्थ नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।
त्यस्तै, ब्रोकर एसोसिएसनले आफुसँग छलफल नगरी धितोपत्र बोर्ड सिमित व्यक्तिको लोभमा परी नयाँ स्टक ल्याउन लागेको भन्दै त्यसलाई रोक्न भदौ २९ गते समितिमा पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*