मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद जारी गर्ने, असोज २८ गते बोलायो साधारण सभा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशको मुख्य प्रस्ताव राख्दै ५१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौं ३१ गते बसेको संचालक समितिको बैठकले सभा असोज २८ गते दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस बसुन्धारा काठमाडौंमा दिउँसो १ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले हाल कायम चुक्तापूँजी ७० करोडको ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ । साथै कम्पनीको जारी पुँजी ७० करोड र चुक्तापुँजी ५६ करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।
यसका अलवा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका विवरणहरु पारित गर्ने छ ।
साथै, सभाले आर्थिक वर्ष ७९।०८०को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।