नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् शेयरबजार उकालो लाग्दा सर्वाधिक कारोबार भएका कम्पनी

५ आश्विन २०७९, बुधबार १५:०६

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । साताको दुईदिनयता भारी गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार बढेपनि कारोबार रकम भने ७२ करोडमा सीमित हुन पुगेको छ । अघिल्लो दुईदिन शेयरबजारमा उच्च गिरावट आएपनि एक अर्बमाथिको कारोबार भएको थियो ।

आज ७२ करोडमाथिको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको ३ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज १.६८ प्रतिशतले बढेसँगै लगानीकर्ताहरुले धमाधम शेयर बेचेका हुन् ।

त्यस्तै, रिडी हाइड्रोपावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख, अपि पावरको १ करोड ८६ लाख, र गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*