बैंकहरुको ब्याजदर परिमार्जनले शेयरबजारमा सुधार, कारोबार देखिएन उत्साह

५ आश्विन २०७९, बुधबार १५:१९

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ ।

बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा ब्याजदर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । यसैको प्रभावले आइबार र मंगलबार शेयरबजारमा भारि गिरावट आएको थियो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको नयाँ ब्याजदर नियमविपरीत भएको भन्दै परिमार्जन गर्न निर्देशन दिएको थियो । सोही अनुसार बैंकहरुले ब्याजदर घटाएर अर्थात् परिमार्जन गरेर सार्वजनिक गरेका छन् । यसैकारण पनि आज शेयरबजारमा सुधार देखिएको हो ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । लगातार घटेको शेयरबजारका कारण लगानीकर्ताहरुमा उत्साह घटेर कारोबार समेत घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*