२५% लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १९ गते बसेको संचालक समितिकोा बैठकले सभा असोज २८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले संचालक समितिले प्रस्तावगरेबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात, ५ करोड रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै संचालकहरुको बैठक भत्ता, गत आवको वार्षिक प्रतिवदेन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्तावहरु पारित गर्नेछ ।