दुई बर्षदेखि रोकिएको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत

६ आश्विन २०७९, बिहीबार १०:५१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ।यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा बिक्री गर्न पाएको थिएन। उक्त कार्यविधि स्वीकृत भए सँगै नेप्सेले आफ्नो कुनै पनि डाटा शुल्क लिएर जो कोहीलाई बिक्री गर्न सक्ने छ।

यो कार्यविधि दुई वर्ष अघि नै स्वीकृत भईसकेको थियो । स्वीकृत कार्यविधिमा टेकेर विभिन्न किसिमका डाटाको छुट्टा छुट्टै शुल्क निर्धारण गरी सूचना समेत प्रकाशित गरिसकेको थियो। तर उक्त समयमा बोर्डसँग परामर्श नगरि निर्णय गरेको भन्दै असन्तृष्टी जनाँउदै बोर्डले दुई बर्ष ढिला गर्दै पारित गरेको हो ।

दुई बर्ष अघि सूचना निकालेर सर्वसाधारणलाई जानकारी दिईसकेपछि नेप्सेले आम सर्वसाधारणबाट यो बिषयमा धेरै नै टिका टिप्पणी सहनुपरेको थियो ।
बोर्डले शुल्कको विषयमा प्रश्न उठाउँदै बन्देज लगाएपछि नेप्सेले पुनः शुल्क सहितको कार्यविधि स्विकृतिकोलागि धितोपत्र बोर्ड पठाएको थियो। नेप्सेले शुल्क सहित पठाएको कार्यविधि भने बोर्ड स्वीकृत गरेको थिए। उसले स्वीकृत नगरेकै कारण नेप्सेको डाटा बिक्री गर्ने योजना थाती रहन गएको थियो।

तर पछिल्लो समय बोर्डले उक्त कार्यविधि पास गरेको छ। पास भएको कार्यविधि नेप्से सञ्चालक समितिमा पेस हुन भने बाँकी छ। नेप्से सञ्चालक समितिले पास गरे लगत्तै नेप्सेले सूचना जारी गर्ने छ। नेप्सेले सूचना जारी गरेपछि सर्वसाधारणदेखि व्यापारिक प्रयोजनकोलागि नेप्सेको डाटा प्रयोग गर्न मिल्ने छ।नेप्सेले डाटा प्रयोजनकोलागि छुट्टा छुट्टै शुल्क निर्धारण गर्ने छ। सोही शुल्क तिरेर सर्वसाधारणदेखि व्यवसायिक प्रयोजनको लागि डाटा प्रयोग गर्न मिल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*