नबिल बैंकसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

६ आश्विन २०७९, बिहीबार १५:०६

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज फेरी ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा जम्मा ६५ करोडको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नबिल बैंकको २ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई)को २ करोड ४१ लाख, अपि पावरको १ करोड ६१ लाख, रिडी हाइड्रोपावरको १ करोड ५७ लाख र अरुण काबेली पावरको १ करोड ५३ लाख रुपैयँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*