नेप्सेद्धारा एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ ।
बैंकले जारी गरेको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर असोज १३ गते पाँचौ तथा अन्तिम पटक साधारण शेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार असोज ६ गतेसम्म कायम गरिदिन अनुरोध गरेकोमा ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर ६ गतेदेखि कारोबार परिपक्क हुने भएकोले सूचीकरण खारेज गरिएको हो ।
नेप्सेको असोज ६ गतेको निर्णयअनुसार एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण ६ गतेदेखि नै खारेज गरिएको हो ।